साफ फुटसल च्याम्पियनसिप : नेपाल र श्रीलंकाबीच खेल हुँदै
थानकोट ।
थाइल्यान्डमा जारी साफ फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
बुधबार खेल थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा बेलुका ५ बजेदेखि सुरु हुनेछ।
नेपालले पहिलो खेल श्रीलंकासँग २-२ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ५-० ले पराजित गरेको थियो।
त्यस्तै, नेपाल तेस्रो खेलमा भारतसँग ८-१ गोलले पराजित भएको थियो।
बंगालदेशसँग आफ्नो चौथो खेल खेलेको नेपाल उसँग पनि ३-० ले पराजय भएको थियो। नेपाल आज दोस्रो जितको लक्ष्य लिएर मैदान उत्रिनेछ।
अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ।
चार खेल खेलेको नेपालले २ खेलमा पराजय भोग्दा एकमा जित र एक खेलमा बराबरी खेलेको थियो।















