प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२: काठमाडाैं निर्वाचन क्षेत्र नं. ९ र १० मा परेन उजुरी
थानकोट ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार (माघ ६) गरेको मनोनयन दर्ताउपर काठमाडाैं निर्वाचन क्षेत्र नं. ९ र १० मा कसैले पनि उजुरी नगरेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा २६ र काठमाडौं निर्वाचन क्षेत्र नं. १०मा २६ जनाको उम्मेदवारी मनोनयन भएको थियो ।
प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको भोलि बिहीबार नामावली प्रकाशन हुँदै छ ।
















