काठमाडाैं क्षेत्र नं. १० को चुनावी मैदानमा संविधान सभाका दुई जना सदस्य

Thankot Times

थानकोट ।

काठमाडाैं क्षेत्र नं. १० को चुनावी मैदानमा संविधान सभाका दुई जना सदस्य उत्रिएका छन् ।

नेकपा एमालेबाट विनोद श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीबाट रूपा महर्जन यसपटक संसदीय चुनावका लागि उम्मेदवार बनेका हुन् ।

थानकोट स्थानीय श्रेष्ठले काठमाडाैं क्षेत्र नं. १० का स्थानीयको संवृद्धिका लागि आफुलाई मतदाताले पत्याउने दाबी गरेका छन भने कीर्तिपुरकी छोरी र सतुंगलकी बुहारी महर्जनले जेनजी आन्दोलनको माग अनुसार युवाहरूको भावनाको प्रतिनिधित्व आफुले गर्ने दाबी गरिन् ।

श्रेष्ठ यसअघि समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेको भए तापनि प्रत्यक्षतर्फ भने यो उनको पहिलो उम्मेदवारी हो।

त्यसैगरी भर्खरै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले रुपा महर्जनलाई पहिलोपटक उम्मेदवार बनाएर नयाँ शक्ति प्रदर्शनको तयारी गरेको छ, उनी पनि संविधान सभा सदस्य हुन्।

काठमाडौँ क्षेत्र नं १० मा सधैँजसो कांग्रेस र वामपन्थीदलहरूबीच कडा प्रतिस्पर्धा हुने गरेकोमा यसपटक पुराना हस्तीहरूको अनुपस्थिति र नयाँ प्रभावशाली अनुहारहरूको उपस्थितिले चुनावी नतिजा अझ अनपेक्षित र रोचक हुने विश्लेषकहरूको भनाइ छ।

यस निर्वाचन क्षेत्रमा ८३ हजार ३ सय एक जना मतदाता रहेका छन् । यस क्षेत्रअन्तर्गत चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ गरि दश वटा वडा, कीर्तिपुर नगरपालिकाको १० वटै वडा र दक्षिणकाली नगरपालिकाको ९ वटै वडा गरि २९ वटा वडा पर्दछन् । 

४७ मतदान स्थल रहेको काठमाडौं क्षेत्र नम्बर १० मा ९८ वटा मतदान केन्द्र रहनेछन् । २०७९ को चुनावमा नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी पहिलो हुँदा नेकपा एमालेका हिमेश केसी दोश्रो, रास्वपाका प्रदिप विष्ट तेस्रो बनेका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *