मकवानपुरको सिमखोलामा जीप दुर्घटना, एकजनाको मृत्यु

थानकोट ।

कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुलनजिक भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

दुईजना घाइते भएका छन् ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *