नेपालले आज श्रीलंका ‘ए’ सँग दोस्रो अभ्यास खेल खेल्दै

Thankot Times

थानकोट ।

आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज दोस्रो अभ्यास टी-२० खेल खेल्दै छ ।

नेपाल र श्रीलंका ‘ए’ बीचको अभ्यास खेल दिउँसो सवा २ बजेदेखि कोल्ट्स क्रिकेट क्लब ग्राउन्डमा सुरु हुनेछ ।

यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । त्यस खेलमा नेपालले दिएको १८६ रनको लक्ष्य श्रीलंका ‘ए’ ले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।

अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली र श्रीलंका ‘ए’ बीचको तेस्रो खेल शनिबार हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *