साफ पुरुष फुटसल च्याम्पियनसिपः नेपालको दोश्रो हार, माल्दिभ्स २-१ ले विजयी
थानकोट ।
जारी साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट नेपाल बाहिरिएको छ ।
माल्दिभ्ससँग २-१ ले हारेपछि नेपालको उपाधि जित्ने सम्भावना सकिएको हो ।
बिहीबार थाइल्यान्डको बैंककस्थित नोन्थाबुरी रंगशालामा माल्दिभ्सलाई जित दिलाउन कप्तान महोम्मद इम्रान र अब्दुल्लाह शाफियुले समान एक गोल गरे ।
नेपालका विक्रान्तनरसिंह रानाले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । खेलमा तीनै गोल दोस्रो हाफमा भएको थियो ।
जितसँगै प्रतियोगितामा अपराजित माल्दिभ्सले १२ अंक जोडेको छ ।
माल्दिभ्सले चार खेल खेल्दा शतप्रतिशत जित हासिल गर्दै यो नतिजा आत्मसात् गरेको हो ।
पराजित नेपाल भने दुई खेल बाँकी रहँदा पाँच अंकमा सीमित छ ।
नेपालले चार खेल खेल्दा समान एक जित र हार र दुई बराबरी गरेको छ ।
तस्बिरः साफ च्याम्पियनसिप















