काठमाडौं क्षेत्र नम्बर १० एक जनाको उमेदवारी खारेज
थानकोट ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिस्पर्धाबाट एकजनाको उमेदवारी खारेज भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले मितेरी पार्टी नेपालका तर्फबाट उमेदवार बनेकी सुमित्रा बस्नेतको मनोनयनपत्र बदर गरेको हो ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम देखिएपछि उमेदवारी खारेज गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
आउँदो फागुन २१ गते हुने निर्वाचनका निम्ति यही माघ ६ गते मनोनयनपत्र दर्ता गरिएको थियो ।
यहाँ २६ जनाको मनोनयन परेको छ ।















