प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२: रेशम चाैधरीको उम्मेदवारी खारेज

Thankot Times

थानकोट ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चाैधरीको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले चाैधरीको उम्मेदवारी खारेज गरेको हो । 

निर्वाचन अधिकृत देवराज भारतीले भने, ‘उहाँ (रेशम चाैधरी)को उम्मेदवारी खारेज भएको छ ।’

चाैधरी ७ भदाै २०७२ मा भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । उनलाई जन्मकैदको सजाय तोकिएको थियो ।

पछि उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।

प्रतिनिधि सभा निर्वाचन ऐनमा जन्मकैद पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ । सोही प्रावधानअनुसार परेको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले रेशमको उम्मेदवारी खारेज हुने सूचना टाँस गरेको हो ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ