कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज, नवनिर्वाचित सभापति थापाले बैठक अध्यक्षता गर्ने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपा ललितपुरमा बैठक बस्न लागेको हो ।

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि गगन थापा नेतृत्वको समिति आज पहिलोपटक सानेपा जान लागेको हो । हिजै कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवबाट कृष्णप्रसाद पाैडेलले राजीनामा दिएका थिए । उनलाई निवर्तमान सभापति शेरबहादुर देउवाले नियुक्त गरेका थिए ।

यसअघि आधिकारिकताको विवादका क्रममा देउवा समूहले सानेपा कार्यालयमा कार्यकर्ताहरूलाई पहरा दिन खटाएको थियो । गगन समूहले आफ्ना राजनीतिक क्रियाकलाप होटलहरूबाट गरेको थियो । तर आज भने गगन समूहलाई सानेपा टेक्न देउवा समूहले अवरोध नगर्ने बुझिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ