नेपाली बजारमा सुनको प्रतितोला मूल्य तीन लाख रुपैयाँ नाघ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। 

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि बुधबार पनि सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

उक्त दिन सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार चार सय रूपैयाँ पुगेको छ।

यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला ६ हजार तीन सय रूपैयाँ महँगो हो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

बिहीबार तोलामा पाँच हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६ हजार एक सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय २० रूपैयाँ बढेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ