राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

Thankot Times

थानकोट ।

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने भएको छ ।

आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय सभामा राप्रपाको कुनै पनि उमेदवार नभएको र सबै प्रतिनिधि आगामी प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित रहनुपरेका कारणले पनि राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो ।

“हामी सम्पूर्णरुपले आगामी प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएका छौँ,” उनले भने, “त्यसैले पनि हामी राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेका हौँ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ