काठमाडाैं क्षेत्र नं. १० का स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न: आँप, दूरबिनदेखि केबलबारसम्म

Thankot Times

थानकोट ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिएको छ ।

राजनीतिक दलका उम्मेदवारले आफ्नै दलको चुनाव चिह्न प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारलाई उनीहरूले रोजेको चिह्न दिइएको छ । स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न आँपदेखि केबलबारसम्म रहेका छन् ।

काठमाडाैं क्षेत्र नं. १० मा उमेदवारी दिएका २५ मध्ये १० जना स्वतन्त्र उम्मेदवाहरू रहेका छन् ।

निर्वाचन कार्यक्रमअन्तर्गत आज बिहान १० बजेदेखि एक बजेसम्म उम्मेदवारी फिर्ताको कार्यक्रम रहे पनि यस क्षेत्रमा कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काठमाडाैं क्षेत्र नं १० का स्वतन्त्र उम्मेदवार कीर्तिपुरका मिन बहादुर बुढाथोकीले क्यामेरा चुनाव चिन्ह पाउँदा कीर्तिपुरकै कृष्णकुमारी नेपालीले मुढा चिन्ह पाएकी छन् ।

कीर्तिपुरका कुमा खाकी श्रेष्ठले दूरबिन चिन्ह पाँउँदा कीर्तिपुरका दिपराज पाण्डेले ब्याडमिन्टन कर्क चुनाव चिन्हमा भोट माग्ने भएका छन् ।

कीर्तिपुरकै विनोद बुढाथोकीले चेसगोटी चिन्ह पाउँदा राजमान मानवको सहयोग पाएका अनुज प्रधानले भंगेरा चिन्ह पाएका छन् । चन्द्रागिरिका राजकुमार गिरीले केबलकार चिन्ह पाउँदा चन्द्रगिरिकै सुलोचना परियारले फागुन २१ मा हुने संसदीय निर्वाचनमा आँप चिन्हमा भोट माग्ने भएकी छन् ।

दक्षिणकालीकी कविता पुडासैनी अधिकारीले सारङ्गी चिन्ह पाउँदा लमजुङ घर भएका देवकुमार श्रेष्ठले प्रेसर कुकर चुनाव चिन्ह पाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ