काठमाडाैं ९ मा रास्वपाका डीपी अर्याललाई सहयोग गर्न एकजनाको उम्मेदवारी फिर्ता

Thankot Times

थानकोट ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गत माघ ६ मा उम्मेदवारी मनोनयनका लागि निवेदन दिएका उम्मेदवाहरू मध्ये केहीले शुक्रबार मनोनयन फिर्ता लिएका छन् ।

निर्वाचन आयोगको पूर्वनिर्धारित तालिकाअनुसार शुक्रबार (माघ ९) उम्मेदवाहरूको दर्ता फिर्ताको कार्यक्रम थियो जहाँ केही उम्मेदवारहरूले विविध कारण देखाउँदै उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ ।

जसअनुसार काठमाडाैं क्षेत्र नं. ९ मा स्वतन्त्र उम्मेदवारी दिएका बसन्त कुमार खत्रीले मनोनयन फिर्ता लिएका छन् ।

रास्वपाका उपसभापति डोल प्रसाद अर्याल (डीपी) लाई सहयोग गर्न खत्रीले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

यस क्षेत्रमा ५ जना स्वतन्त्रसहित २४ जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *