तत्कालीन नेकपा ‘एस’का नेता बलामी एमालेमा फर्किए

Thankot Times

थानकोट ।

तत्कालीन नेकपा समाजवादीका चन्द्रागिरि नगर अध्यक्ष भाइकृष्ण बलामी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिबार एक कार्यक्रमका बीच उनी एमाले पार्टी प्रवेश गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टी बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य तथा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका भाईकृष्ण बलामीसहित केही युवाहरू पनि शनिबार एमाले प्रवेश गरेको बताइएको छ।

प्रदेश सभा सदस्य रमा आलेमगर बागमती प्रदेशमा युवा तथा खेलकुद मन्त्री हुँदा चन्द्रागिरि नगरपालिका-०६ बालागाउँ मातातिर्थका बलामीले काठमाडौं जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पद पाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *