थानकोट-चित्लाङ सडकको सेतो पहराबाट मोटरसाइकल खस्यो, एक जनाको अवस्था गम्भीर
थानकोट ।
गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) मा शनिबार मोटरसाइकल दुर्घटना हुँदा सो सवारीमा यात्रारत २ जना घाइते भएका छन् ।
प्रहरी वृत्त थानकोटका अनुसार आज दिउँसो १:४० बजे सेतोपहरा नजिकै मोटरसाइकल सडकबाट खस्दा उक्त दुर्घटना भएको हो ।
उनीहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
स्थानीय समेतको सहयोग उनीहरूको उद्धार गरिएको थियो ।
हाल १ जनाको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीको भनाइ छ।
यस दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ।
















