टी-२० अन्तर्राष्ट्रियमा सीता रानामगरको १००० रन पूरा

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर सीता रानामगरले महिला टी–२० अन्तर्राष्ट्रियमा १००० रन पूूरा गरेकी छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत शनिबार जिम्बाब्वेविरुछ ११ बनाएसँगै उनले यो उपलब्धि हासिल गरेकी हुन् । 

रुविनाले ६६ अन्तर्राष्ट्रिय खेलमा १ अर्धशतकसहित १००३ रन बनाएकी छन् ।

उनी यो उपलब्धि हासिल गर्ने तेस्रो नेपाली महिला क्रिकेटर हुन् । 

यसअघि कप्तान इन्दु बर्मा र रुविना क्षेत्रीले १००० रनको आँकडा पार गरेका थिए ।

इन्दुले १०७३ र रुविनाले १००७ रन बनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *