आईसीसीले टी-२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

Thankot Times

थानकोट ।

आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट हटाएर स्कटल्याण्डलाई खेलाउने निर्णय लिएको हो।

बीसीबीले निरन्तर बंगलादेशले भारतबाहिर श्रीलंकामा खेल सार्न दबाब दिँदै आएको थियो।

यता आईसीसीले विश्वकपको निर्धारित तालिका परिवर्तन गर्न नसक्ने बताएपछि अन्तत बंगलादेश विश्वकपबाटै बन्चित भएको हो।

बिहीबार बीसीबीले भारतमा खेल्न नजाने निर्णय गरेपछि आईसीसी बोर्ड बैठकले भारतमा खेल्न नजाने बंगलादेशलाई प्रतियोगिताबाट हटाएर अर्को टिमलाई मौका दिने निर्णय लिएको हो।

अब बंगलादेश आउट भएपछि युरोप छनोट पार गर्न नसकेको स्कटल्याण्डले विश्वकप खेल्ने अवसर पाउने छ। प्रतियोगिताको समुह ‘सी’ मा नेपाल, इंग्ल्याण्ड, इटाली, वेस्टइण्डीज रहेका छन् ।

आईसीसीले बंगलादेश नखेल्ने भएपछि विश्वकप खेल्ने देशबाहेक माथिल्लो वरियतामा रहेको स्कटल्याण्डलाई अवसर दिएको हो।

इन्डियन प्रिमियर लिग (आईपीएल)को कोलकाता नाइट राइडर्सले बंगलादेशका खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि सुरु भएको विवादले बंगलादेश भारतमा क्रिकेट खेल्न नजाने अवस्थामा पुगेको हो। यो घटनापछि भारतीय क्रिकेट बोर्ड र बीसीबीबीच तनाव बढेको थियो। सोही तनाव व्यवस्थापन नहुँदा बंगलादेशको पूरै टिमले विश्वकप खेल्न भारत आउन अस्वीकार गरेको हो।

यो विवादपछि बंगलादेश सरकारले आईपीएल प्रसारणमै प्रतिबन्ध लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *