रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौं फर्किए
थानकोट ।
चुनावी अभियानका निम्ति झापा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं फर्किएका छन् ।
शनिबार (माघ १०) साँझ उनी विराटनगर विमानस्थलबाट काठमाडौंतर्फ फर्किएका हुन् ।
काठमाडौं फर्कनुअघि उनले विमानस्थलनजिकैको एउटा होटेलमा पार्टीका तर्फबाट मोरङका उमेदवार र प्रतिनिधिसँग छलफल गरेका थिए ।
त्यसअघि, पाथीभरा दर्शन गरेर ताप्लेजुङबाट बालेन धनकुटा पुगेका थिए । त्यसपछि विराटनगर पुगेका थिए ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट उमदेवारी दर्ता गराउन उनी पूर्वी नेपाल पुगेका थिए।














