रास्वपा काठमाडाैं क्षेत्र नं. १० का उम्मेदवार विष्टले भेटे वरिष्ठ नेता बालेन
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आइतबार (माघ ११) दिनभरि राजनीतिक भेटघाटमा सक्रिय रहे ।
उनलाई भेट्न दिनभर उपत्यकाका तीनवटै जिल्लाका रास्वपा उम्मेदवारहरूको ताँती लाग्यो ।
शाह शनिबार झापाबाट काठमाडौं फर्किएका थिए ।
उनी सोमबार (माघ १२) सुदूरपश्चिम जाने तालिका छ ।
आइतबार उनले आफ्ना प्रमुख सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा बसेर रास्वपा उम्मेदवारहरु भेटेका थिए ।
बालेनले काठमाडौंका रास्वपा उम्मेदवार रञ्जु दर्शना, गणेश पराजुली, पुकार बम, सुनिल केसी, राजु पाण्डे, प्रदिप विष्ट, भक्तपुरमा उठेका राजीव खत्री, ललितपुरकी उम्मेदवार डा. तोसिमा कार्की, धादिङमा उठेकी आशिका तामाङ, काभ्रेमा उठेका बदन भण्डारीलगायतसँग भेटघाट गरे ।
भेटवार्तामा बालेनले उम्मेदवारहरूका कुरा सुन्नुका साथै आफ्नो राय सुझावहरू पनि दिएका थिए ।
















