साफ फुटसल च्याम्पियनशिप: उपाधि बंगलादेशलाई, नेपाल चाैथो

Thankot Times

थानकोट ।

साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपालले लिग चरणको अन्तिम खेलमा भूटानलाई हराएको छ ।

थाइल्यान्डको बैंककमा रहेको हुआ मक इनडोर स्टेडियममा आइतबार भएको खेलमा नेपालले भूटानलाई ५–३ गोलले हरायो ।

यो जितसँगै नेपालले चौथो स्थानमा रहँदै प्रतियोगिता सकाएको छ ।

नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेल्दा दोस्रो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो ।

यस्तै, तेस्रो खेलमा नेपाल भारतसँग ८–१ गोल र चौथो खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो ।

नेपालले पाँचौँ खेलमा पाकिस्तानलाई ५–१ गोलले हरायो ।

साफ फुटसल च्याम्पियनशिपमा महिलातर्फको उपाधि बङ्गलादेशले जितेको छ ।

लिग चरणमा शीर्ष स्थानमा रहँदै बङ्गलादेश विजेता बनेको हो ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *