नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लाग्ने क्रम जारी
थानकोट ।
लगातार बढिरहेको सुनको मूल्य मंगलबार (माघ १३) पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा ३ सय रुपैयाँले बढेको हो ।
अब सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।
सोमबार (माघ १२) मा प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १ सय ५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ थियो ।















