मनकामना केबलकार सेवा आजका लागि स्थगित
थानकोट ।
नेपालकै पहिलो केबलकार सेवा मनकामना केबलकार सेवा आज बुधबार एक दिनका लागि स्थगित गरिएको छ ।
नयाँ गियरबक्स जडान तथा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यस दिन केबलकार सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा भोलि माघ १५ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामना माइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्ने गरि विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो ।

















