नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
थानकोट ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
आज सुन तोलाको ३ लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी तोलामा ४ सय ३० रुपैयाँले बढेर प्रतितोला ७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
















