आईसीसी टी-२० विश्व वरीयता: अलराउन्डरमा छैटौँ स्थान उक्लिए दीपेन्द्र

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार आएको छ ।

बुधबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी–२० तर्फ अद्यावधिक गरेको पुरुष खेलाडीको वरीयतामा ऐरी आठौँ स्थानबाट छैटौँ स्थानमा बढुवा भएका हुन् ।

वरीयतामा जिम्बाब्वेका कप्तान सिकन्दर राजाले शीर्ष स्थानमा आफूलाई कायम राखेका छन् । त्यसैगरी, दोस्रो स्थानमा रहेका पाकिस्तानका अलराउन्डर सैम अयुवले पनि आफ्नो वरीयता यथावत् राखेका छन् ।

भारतका हार्दिक पान्ड्याको वरीयता एक स्थान सुधार हुँदा तेस्रो स्थानमा छन् ।

तेस्रो वरीयताबाट एक स्थान घटुवा भएका वेस्ट इन्डिजका रोस्टन चेज चौथो स्थानमा छन् ।

पाकिस्तानका मोहम्मद नवाज पाँचौँ वरीयतामा यथावत् छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *