नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २५ वर्षीय युवाको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौँको नागार्जुनमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

नागार्जुन नगरपालिका-६ स्थित फस्कू चोकमा मंगलबार राति बा प्र ०२-०२-००३ प ६७१६ नं को मोटरसाइकल र बा प्र ०२-०५४ प ०५५७ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा बा प्र ०२-०५४ प ०५५७ नं को मोटरसाइकल चालक भीमढुङ्गाका २५ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा आज बिहान मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ।

बा प्र ०२-०२-००३ प ६७१६ नं को मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *