सुनको मूल्य एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ १५) सुनको मूल्य तोलामै २० हजार ५ सय रुपैयाँले बढेको छ ।

अब उपभोक्ताले एकतोला सुन किन्न तीन लाख ३९ हजार ३ सय रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

बुधबार सुनको भाउ प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँ थियो । 

त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा २ सय ५ रुपैयाँले बढेर सात हजार ५ सय ५ रुपैयाँ पुगेको छ । 

हिजो चाँदीको भाउ प्रतितोला ७ हजार ३ सय रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *