काठमाडौंमा ‘लुटेरा’माथि प्रहरीले चलायो गोली, १० जना पक्राउ, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

काठमाडौंको मूलपानीमा गोली प्रहार गरी प्रहरीले १० जनलाई पक्राउ गरेको छ ।

बुधबार (माघ १४) राति लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।

लुटपाट गर्न हिँडेको समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास गरिएपछि गोली चलाइएको परिसरले जनाएको छ ।

प्रहरीले चलाएको गोली लागेर एकजना घाइते छन् ।

घाइते हुनेमा विनय तामाङ रहेका प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका १० जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *