प्रतिनिधि सभा सदस्य निर्वाचनः सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती

थानकोट ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त गस्ती सुरु गरेको छ ।

जिल्ला सुरक्षा समिति र प्रहरी परिसर काठमाडौंको निर्णयानुसार राति र बिहानको समयमा कुकुरसहितको संयुक्त गस्ती सुरु गरिएको काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए ।

“लागुऔषध र विस्फोटक पदार्थको पहिचान गर्ने उद्देश्यका साथ कुकुरसहितको चेकजाँचलाई तीव्रता दिएको छौँ,” परिसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक थापाले भने । त्यस्तै, विभिन्न स्थानमा प्रहरीबाट ‘सरप्राइज’ चेकजाँच पनि गरिरहेको उनको भनाइ छ ।

प्रहरी प्रमुख थापाले सुरक्षा जाँचका क्रममा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर उनीहरूको विस्तृत अुनसन्धान पछि छाड्ने गरिएको जानकारी दिए । “संवेदनशील स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती थालेका छौँ,” उनले भने, “विभिन्न रुट तय गरेर एकीकृत गस्तीको अभियानमा छौँ ।”

प्रमुख थापाले निर्वाचनविरोधी गतिविधि र निर्वाचन बिथोल्न सक्ने समूह र शक्तिका बारेमा सूचना संकलन गरेर सोहीअनुसार प्रहरी परिचालन गरिएको स्पष्ट पारे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *