सतुङ्गलमा सञ्चालन गरिएको क्यान्सर स्क्रिनिङ शिविरमा १२० जना सहभागी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका सतुङ्गलमा शुक्रबार सञ्चालन गरिएको महिलाहरूमा हुने क्यान्सरको स्क्रिनिङ्ग शिविरमा १२० जनाले सेवा लिएका छन् । 

चन्द्रागिरि नगरपालिका वडा नंं ११ सतुङ्गल र इनर व्हील क्लब अफ चन्द्रागिरिले आयोजना गरेको शिविरमा भक्तपुर क्यान्सर अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको इनर व्हील क्लब अफ चन्द्रागिरिकी अध्यक्ष मिन्जु शोभा चित्रकारले जानकारी दिइन् ।

चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित वडा कार्यालय हातामा सञ्चालित सो कार्यक्रममा महिलाहरूको पाठेघर जाँच, स्तन परीक्षण गरिएको थियो।

उक्त कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलका वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले वडा क्षेत्रमा बसोबास गर्ने महिलाहरूको स्वास्थ्यप्रति वडा कार्यालय सचेत रहेको धारणा राख्दै महिला स्वास्थ्य अवस्था जाँच लगायतका विषयमा अन्य संघसंस्थाहरूको सहयोगमा परीक्षण शिविरहरू नियमित रुपमा सञ्चालन गरिने बताए । 

शुक्रबार जाँच गराएका महिलाहरूको स्वास्थ्य अवस्थाको प्रयोगशाला प्रतिवेदन करिब ३ सातापछि प्राप्त हुने भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *