नेपाली कांग्रेसले २१ फागुनको चुनावका लागि केन्द्रीय संयन्त्र देशभर परिचालन गर्ने

Thankot Times

थानकोट ।

आगामी २१ फागुनमा हुने चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय परिचालन समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संगठनलाई निर्वाचनमा प्रभावकारी रूपमा होम्याउन केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला–क्षेत्रस्तरमा खटाउने तयारी गरिएको जानकारी दिए ।

प्रवक्ता चालिसेले जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने स्पष्ट पार्दै व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताए ।

‘पार्टी पुरानो हुँदैन, विचार नयाँ दिने हो, नेतृत्व नयाँ दिने हो,’ उनले भने, ‘विश्वभर नै पुराना पार्टीहरूमा नयाँ नेतृत्व उदाउँछन्, र त्यही प्रक्रियाबाट भरोसायोग्य भविष्य निर्माण हुन्छ ।’

उनले लोकतान्त्रिक अभ्यासमा नागरिकको मत निर्णायक हुने उल्लेख गर्दै आगामी निर्वाचनले देशको भावी दिशा तय गर्ने बताए । ‘नागरिकले दिने मतले देशको भविष्य निर्धारण गर्छ,’ चालिसेले भने, ‘कांग्रेस नै देशको भविष्य हो भन्ने विश्वासका साथ पार्टी चुनावी मैदानमा उत्रिएको छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ