प्रधानमन्त्री कप क्रिकेटः चन्द्रागिरि क्रिकेट एसोसियसनले काठमाडाैं जिल्ला छनोट खेल्ने
थानकोट ।
काठमाडाैं जिल्लाबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने खेलाडीहरूको छनोटका लागि भोलि (माघ १९) बाट छनोट प्रतियोगिता सुरु हुने भएको छ ।
काठमाडाैं जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १८ वटा क्लब एवं एकेडेमीका खेलाडीहरूले भाग लिने भएका छन् ।
संघका अनुसार सहभागी टोलीलाई विभिन्न छ समुहमा विभाजन गरिएको छ ।
हरेक समुहका विजेताले दोश्रो चरणमा स्थान सुरक्षित गर्नेछन् ।
काठमाडाैं जिल्ला क्रिकेटका अनुसार छनोट खेल त्रिवि क्रिकेट मैदानसँगै मुलपानी क्रिकेट मैदानका दुवै पीचमा सञ्चालन हुनेछन् ।
प्रतियोगितामा चन्द्रागिरि क्रिकेट एसोसियसन अफ नेपालले समेत भाग लिने भएको छ । चन्द्रागिरि क्रिकेट एसोसियसन अफ नेपाल छनोट प्रतियोगिताको समुहमा डीमा परेको छ ।
जहाँ उसले ग्रेट हिमालय क्रिकेट एकेडेमी र एन्जल्स स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । चन्द्रागिरि क्रिकेट एसोसियसन अफ नेपालले पहिलो छनोट खेल माघ २२ गते त्रिवि क्रिकेट मैदानमा एन्जल्स स्पोर्ट्स एकेडेमीसँग खेल्नेछ भने दोश्रो खेल माघ २४ मा ग्रेट हिमालय क्रिकेट एकेडेमीसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल माघ २८ गते माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताका सबै खेल ५० ओभरका हुनेछन् ।
प्रधानमन्त्री कप काठमाडाैं जिल्ला छनोटमा चन्द्रागिरि क्रिकेट एसोसियसनका तर्फबाट सहभागी हुने खेलाडीहरूको सूचीः
















