सुनचाँदीको मूल्यमा गिरावट, तोलामा एकैदिन १८ हजार ८ सय रुपैयाँले घट्यो सुनको भाउ

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार (माघ १८) सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो ।

अघिल्लो कारोबार दिन गत शुक्रबार (माघ १६) सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज १ तोला सुन खरिदका लागि उपभोक्ताले तीन लाख रुपैयाँ गन्नुपर्नेछ ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार चाँदीको भाउ प्रतितोला सात हजार ६५ रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ