राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान, माघ २१ गते स्वदेश फर्कने कार्यक्रम
थानकोट ।
राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान गरेका छन् ।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष गाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान प्रस्थान गरेका हुन् ।
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जापानको औपचारिक भ्रमणमा गएका हुन् ।
भ्रमण सम्पन्न गरी उनी यही माघ २१ गते स्वदेश फर्कने कार्यक्रम छ ।
तस्बिरः एनपीएल














