राष्ट्रिय लिग फुटबलमा चित्लाङ फुटबल क्लबले खेल्यो दोश्रो बराबरी
थानकोट ।
सातदोबाटो युथ क्लब र चित्लाङ फुटबल क्लबले राष्ट्रिय लिगमा अंक बाँडेका छन् ।
सोमबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा सातदोबाटो र चित्लाङबीच भएको खेल गोलरहित बराबरीमा समाप्त भएको हो ।
सातदोबाटोले यो प्रतियोगिताको दोस्रो बराबरी गरेको हो ।
बराबरीसँगै सातदोबाटोले प्रतियोगितामा पाँच अंक जोडेको छ ।
सातदोबाटोले एक हार, समान दुई बराबरी र हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।
चित्लाङले पनि प्रतियोगितामा दोस्रो बराबरी गरेको हो ।
बराबरीसँगै चित्लाङले पनि प्रतियोगितामा पाँच अंक जोडेको छ ।
चित्लाङले पाँच खेल खेल्दा एक हार, समान दुई बराबरी र हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।















