आज देशका केही क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना, चन्द्रागिरिमा कस्तो रहला माैसम ?

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज मंगलबार वर्षा र हिमपातको सम्भावना छ ।

६ वटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र बाँकी हिमाली भू-भागका थोरै स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको थोरै स्थान तथा कोसी, वाग्मती र लुम्बिनी प्रदेशका उच्च पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागले राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ बताएको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।

तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *