नेपाली बजारमा सुनको भाउ बढ्यो
थानकोट ।
आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार (माघ २०) तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन हिजो सोमबार (माघ १९) सुन प्रतितोला दुई लाख ८६ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा १ सय ३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार चाँदीको भाउ पाँच हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
















