मच्छेगाउँबाट दुईजना युवा पक्राउ, अनुसन्धान जारी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-९ विष्णुदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८६ ट्याब्लेट र नाईट्राजेपाम ९ ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सनि गरूवाचार्य र महम्मद कैसखान रहेका छन् ।
उनीहरूमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
















