चन्द्रागिरि नगरले खोल्यो ७ करोड ८२ लाख रुपैयाँ बराबरको टेण्डर (सूचीसहित)
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले विभिन्न योजना सञ्चालनका लागि सार्वजनिक टेण्डर आह्वान गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै नगरले विभिन्न आयोजनाका लागि विद्युतीय बोलपत्र (टेण्डर) आह्वान गरेको हो ।
जसअनुसार नैकाप फुटबल ग्राउण्ड क्षेत्रको सडक स्तरोन्नतिका लागि १ करोड ८० लाख रुपैयाँ बराबरको टेण्डर खोलेको छ ।
यस्तै, त्रिभुवन पार्कको स्तरोन्नतिका लागि ३ करोड ८९ लाख रुपैयाँ बराबरको टेण्डर आह्वान भएको हो ।
यस्तै, चन्द्रागिरि-०९ मच्छेगाँउस्थित खुसीखुसी-रावल चाैर स्तरोन्नतिका लागि ३९ लाख ७३ हजार रुपैयाँ बराबरको टेण्डर खुलेको हो । नैकाप फुटबल ग्राउण्डको शेर वाल निर्माणका लागि ७३ लाख ९२ हजार ३ सय तेह्र रुपैयाँ बराबरको सार्वजनिक ठेक्का माग भएको छ ।
सूचना हेराैं

















