प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि आजदेखि ८० हजार सेना परिचालन

Thankot Times

थानकोट ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना बुधबारदेखि परिचालन हुनेछ।

निर्वाचन हुन ठिक एक महिना बाँकी हुँदा सेना मैदानमा खटिन लागेको हो। निर्वाचन सुरक्षाका लागि बुधबारबाट सेना खटिन लागेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख एवं नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए। एकीकृत निर्वाचन सुरक्षा योजना– २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार सेना परिचालन हुन लागेको हो।

सरकारले निर्वाचन सुरक्षार्थ ७९ हजार ७२७ जना सैनिक परिचालन गर्ने निर्णय गरेको छ।

यस अवधिमा सशस्त्र प्रहरी बलले सुरक्षा गरिरहेका सार्वजनिक भवन, कारागार, विमानस्थल तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *