न्युजिल्याण्ड र ग्रीस पठाइदिने भन्दै लाखौं ठगी गर्ने धादिङका अन्जनसहित दुई जना पक्राउ

Thankot Times

थानकोट ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी गरेको आरोपमा धादिङका अन्जन भुजेल र सल्याका नवीन दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै ७ जना पीडितबाट लाखौं रुपैयाँ रकम असुलेको पाइएको छ । 

पक्राउ मध्ये अन्जनले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १७ लाख १० हजार रूपैयाँ र नवीनले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले अन्जनलाई काठमाडौं महानगरपालिका–३१ बाट र नवीनलाई काठमाडौं–३२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *