बिहेको लगनकै दिन सुनको भाउ तोलामा १४ हजार ४ सय रुपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (माघ २१) मा सुनको मूल्य प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढेको हो । 

आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७ सय रुपैयाँ खर्चिनुपर्नेछ ।

हिजो दुई लाख ९० हजार ३ सय रुपैयाँ थियो । 

त्यसैगरी, चाँदी तोलामा २ सय ६५ रुपैयाँले बढेर पाँच हजार ६ सय रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *