साफ यु-१९ महिला फुटबलः नेपालले आज बंगलादेशको सामना गर्दै

Thankot Times

थानकोट ।

दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु-१९ महिला फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा नेपाल र बंगलादेशको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आज नै भारत र भुटानबिच पनि खेल हुँदैछ । भारत र भुटानको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।

४ टोली सहभागी खेलमा बंगलादेश २ खेलमा जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा छ । बंगलादेशले भुटानलाई १२-० र भातलाई २-० गोलले पराजित गरेको हो ।

नेपालले एकमा हार र एकमा जितसहित ३ अंक छ । भारत पनि एकमा जित र एकमा हारसहित ३ अंक छ ।

नेपाल भारतसँग १-० ले पराजित भएको हो भने भुटानलाई २-१ ले पराजित गरेको हो ।

भारत बङ्गालादेशसँग २-० ले पराजित भएको थियो । २ खेलमा हारेको भुटान अंक रहित छ । नेपाल फाइनल जानको लागि आजको खेल जित्नै पर्ने दबाब छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *