चन्द्रागिरि क्रिकेट एशोसियसनलाई चन्द्रागिरि वडा नं. ६ कार्यालयले दियो खेल सामाग्री
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ को कार्यालय महादेवस्थानले चन्द्रागिरि क्रिकेट एशोसियसनलाई खेल सामाग्री सहयोग गरेको छ ।
बुधबार वडा कार्यालयले क्रिकेट खेल सामाग्री सहयोग हस्तान्तरण गरेको चन्द्रागिरि क्रिकेट एशोसियसनले जनाएको छ
एशोसियसनले केही वर्षयता चन्द्रागिरि नगरमा नियमित रुपमा क्रिकेट खेल अभ्यास एवं प्रशिक्षण दिइरहेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ का जनप्रतिनिधि विवेक ढकालले सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

















