साफ यू-१९ वुमन्स च्याम्पियनसिप: नेपाललाई ४-० ले पराजित गर्दै बंगलादेश फाइनलमा

Thankot Times

थानकोट ।

नेपाल साफ यू–१९ वुमन्स च्याम्पियनसिप‏बाट बाहिरिएको छ ।

बुधबार पोखरा रंगशाला भएको खेलमा बंगलादेशसँग ४–० ले पराजित भएपछि नेपालको उपाधि नजिक पुग्ने सम्भावना सकिएको हो ।

यो सँगै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । बंगलादेशले अपराजित रहँदै च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो ।

नेपाल भने तेस्रो स्थानमा सीमित भयो । यसअघि बंगलादशेलाई पराजित गर्दै फाइनल प्रवेश गर्ने अवसर नेपाललाई थियो । तर, अन्तिम खेलमा हार व्यहारेसँगै नेपालले समूह चरणमा एक जित र दुई हारसहित ६ अंक मात्र बनाउन सक्यो ।

फाइनलमा अब बंगलादेशले भारतको सामना गर्ने भएको छ ।

आजै भएको पहिलो खेलमा भारतले भुटानलाई १२–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

यी दुईबीचको फाइनल पोखरा रंगशालामै आगामी फेब्रुअरी ७ मा हुने तालिका छ ।

बुधबार बंगलादेशलाई पोखराको पोखरा रंगशालामा जित दिलाउन अल्पी अख्तरले दुई गोल गरिन् ।

प्रतीमा मुन्डाले पनि एक गोल गरिन् । बंगलादेशले भने एक आत्मघाती गोल उपहार पाएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *