१२ औं एक्सेल्सियर कप: यू-१६ छात्र फुटसलमा रिब्स सेमिफाइनलमा
थानकोट ।
न्यु एरा एकेडेमी र आयोजक दी एक्सेल्सियर स्कुल (नीलो) १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यू–१६ तर्फ सेमिफाइनलमा पुगेका छन् ।
न्यु एराले एलआरआईलाई ४–२ गोलले पराजित गर्यो । न्यु एराका पेम्बा तामाङले २, आयुश बराम र असिन थापाले १–१ गोल गरे । एलआरआईका आशुतोष महतारा र डेनिल श्रेष्ठले १–१ गोल गरे । एक्सेल्सियरले किड्स लर्निङलाई २–० गोलले हरायो । विजेताका कृष र कर्माले १–१ गोल गरे । सोही स्पर्धामा रिब्सले ह्वाइट हेभेनलाई २–१ र बोधिसत्वले न्यु अरुणोदयलाई ३–१ ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यू–१३ मा एक्सेल्सियर (यल्लो) ले जोन डेबीलाई ४–०, एलआरआईले कोहिनुरलाई १–०, काष्ठमण्डप विद्यालयले रेडियन्ट पब्लिकलाई ५–१ र रिब्सले हार्टल्यान्डलाई १–० गोलले हराएर सेमिफाइनलमा स्थान बनाए ।
यू–११ मा जोन डेवीले रिब्सलाई १–०, संस्कृति स्कुलले न्यु एरालाई ४–१, राई स्कुलले सेक्रेड हार्टलाई ४–१ र काष्ठमण्डपले एक्सेल्सियरलाई ५–० गोलले हराएर सेमिफाइनलमा स्थान पक्का गरे । यू–९ मा एक्सेल्सियर (रातो) र नीलो, काष्ठमण्डप र कोहिनुर यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।















