काठमाडाैं क्षेत्र नं. १० का ‘सबै’ उम्मेदवार एकै मञ्चमा भेला हुँदै
थानकोट ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडाैं क्षेत्र नंं १० बाट उम्मेदवारी दिएका उम्मेदवारहरू एकै मञ्चमा भेला हुने भएका छन् ।
चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँमा शुक्रबार (माघ २३ गते) एक कार्यक्रमका दाैरान उम्मेदवारहरू एकै स्थानमा जमघट गर्ने भएका हुन् ।
मिलीजुली समाजको अग्रसरतामा उक्त दिन उम्मेदवार-मतदाता अन्तर्क्रिया कार्यक्रम संयोजन गरिएको चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँका वडाध्यक्ष अच्यूत अधिकारीले जानकारी दिए ।
मत्स्यनारायण रिक्रिशयन सेन्टरमा बिहान ७ बजे कार्यक्रम सुरु हुने तालिका बनेको बताइएको छ ।

















