आईसीसी टी-२० पुरुष विश्वकपः अभ्यास खेलमा आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै
थानकोट ।
आईसीसी टी-२० पुरुष विश्वकपको आफ्नो दोस्रो तथा अन्तिम वार्मअप खेलमा आज बिहीबार नेपालले क्यानडाको सामना गर्दैछ ।
खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
नेपाल लगातार दोस्रो वार्मअप खेल जित्ने योजनामा छ ।
चेन्नईमै भएको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो ।
यता, क्यानडा पनि पहिलो जितको लक्ष्यमा छ ।
क्यानडालाई पहिलो खेलमा इटालीले १० रनले निरास बनाएको थियो ।
क्यानडाविरुद्धको खेलपछि नेपाली टिम मुम्बई जानेछ ।
समूह ‘सी’ मा नेपालले इंग्ल्यान्ड वेस्ट इन्डिज, इटाली र स्कटल्यान्डसँग खेल्ने तालिका छ ।
नेपालका सबै खेल मुम्बईस्थित वान्खेडे क्रिकेट मैदानमा हुनेछ ।
नेपालले आइतबार इंग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
फाइल फोटो
















