….. अनि बुधबार मध्यरातमा सितापाइलामा प्रहरीले गोली चलायो
थानकोट ।
काठमाडौंमा प्रहरीले एक जनालाई गोली हानेर नियन्त्रणमा लिएको छ ।
काठमाडौं प्रहरीले दिएको जानकारीअनुसार गएराति ११ बजे सितापाइला क्षेत्रमा रहेको कोठामा जाँदै गरेको अवस्थामा प्रेम चौधरीलाई गोली हानेर नियन्त्रणमा लिइएको हो ।
प्रहरीले रोक्न खोजेको बेलामा चौधरीले ह्यामरले प्रहरीलाई हान्न खोजेपछि गोली हानेर नियन्त्रणमा लिइएको एसपी पवन भट्टराईले जानकारी दिए ।
उनका अनुसार कम्तिमा पनि ६५ तोला सुन पनि बरामद गरिएको छ ।
काठमाडौंका विभिन्न स्थानमा भएका चोरीमा चौधरीको संलग्नता देखिएपछि उनको खोजी जारी राखिएको भट्टराईले जानकारी दिए ।
यसबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
















