सर्वाधिक भोट ल्याएर जित्ने सांसद मै हुनेछु- नेकपा एमालेका अध्यक्ष केपी ओली

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नेपालमै सर्वाधिक मत ल्याएर जित्ने सांसद आफू नै हुने दाबी गरेका छन्।

झापा–५ का उम्मेदवार समेत रहेका अध्यक्ष ओलीले प्राइम टेलिभिजनको अन्तर्वार्तामा यस्तो दाबी गरेका हुन्।

‘२०८२ को निर्वाचनमा सर्वाधिक मत ल्याएर जित्ने सांसद म हुनेछु । अहिलेका उम्मेदवारहरूमध्ये,’ अन्तर्वार्तामा ओलीले भनेका छन्, ‘मेरो पार्टी भरसक बहुमत, नत्र बहुमतको नजदिक प्रमुख पार्टीको हैसियतमा उपस्थित हुनेछ।’

ओलीले यस्तो दाबी गर्दा अन्तर्वार्ताकारले ११ औँ महाधिवेशनको प्रतिस्पर्धालाई लिएर एमालेभित्रको एकताबारे प्रश्न उठाएका थिए । जसको जवाफमा ओलीले पार्टीभित्रको आन्तरिक अभ्यासले आम चुनावमा कुनै प्रभाव नपार्ने दाबी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ