नेपाली बजारमा सुनचाँदीको भाउ घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा शुक्रबार (माघ २३ गते) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको हो ।

यससँगै आजको सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ ।

बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको भाउ तोलामा २ सय ७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।

अघिल्लो कारोबार दिन हिजो बिहीबार चाँदी प्रतितोला चार हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ